जुम्लामा मानिसलाई घाइते बनाउँदै हिँडेकाे भालु मारियाे

 साउन २८, २०७८ बिहीबार १८:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जुम्लामा मानिसलाई टोकेर घाइते बनाएको भालु मारिएको छ । चन्दननाथ सिगाचौरमा गोठमा पसेको भालुले सुरक्षाकर्मीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानेर मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

भालुलाई सुरक्षित रूपमा नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न आएपछि मारिएको प्रहरीले जनाएकाे छ ।

भालुले चन्दननाथमा तीन जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले जानकारी दिनुभयो । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया