माओवादीको केन्द्रीय कमिटी बैठक चल्दै,  पुसमा राष्ट्रिय सम्मेलन गर्न प्रचण्डको प्रस्ताव

 साउन ३०, २०७८ शनिबार १४:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाण्डौमा बसिरहेको छ । गौशालाको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रचण्डले पेस गरेको प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने  प्रस्ताव गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान नै चलाउने उल्लेख छ । यस्तै असोज ३० गतेसम्म टोल, वडा, पालिका र जिल्ला सम्मेलन सक्ने प्रस्ताव गरिएको छ  ।

मंसिरको २५ गते प्रदेश सम्मेलन गर्ने र पुसको ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । अब टोल-टोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्‍याउने र आउँदो चुनावमा बलियो शक्ति बन्ने प्रचण्डको दाबी छ । 
 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया