माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने

 साउन ३१, २०७८ आइतबार १९:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आज आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ । 

यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ । 

यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेकै कारण दाचुर्लाका जयसिंह धामी बेपत्ता भएको भन्दै माओवादीले क्रुर घटनाको विरोध र आपत्ति जनाएको छ । यो घटनामा सरकारले कुटनीतिक छलफल गरेर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ । 

यस्तै गोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कुटनीतिक छलफल गर्न, अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न, सिन्धुपाल्चोक र मनाङसहितका जिल्लामा बाढी प्रभावितलाई छिटो पुनर्स्थापना गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने निष्कर्ष पनि माओवादीको केन्द्रीय कमिटीको बैठकले निकालेको छ । 

योसँग माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया