अध्यादेश राष्ट्रपति कार्यालयमा पुग्यो, प्रक्रिया पुर्‍याएर जारी गरिने

 भदौ १, २०७८ मंगलबार १८:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश बेलुकीपख प्राप्त भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्‍याएर जारी गर्ने जानकारी दिनुभयो । सरकारले प्रक्रिया पुर्‍याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको भन्दै ढकालले यो विषयमा पनि अलमल नहुने बताउनुभयो ।  

मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश तयार गरेर राष्ट्रपति कार्यालय पठाएको छ ।

विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश तयार भएको छ ।

यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख भएकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था उल्लेख छ ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया