माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

 भदौ ३, २०७८ बिहिबार ९:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ।

छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ ।

उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।

देशमा सञ्चालित जलविद्युत् आयोजनामध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया