दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
पुस २, २०८१ मंगलबार
रसुवा - रसुवामा पहिरोले पुरिएका अर्का एक जनाको पनि ज्यान गएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षकी कमला तामाङ र उहाँकी ८ वर्षकी छोरी सुकुमायाको शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
बिहान कमलाको शव भेटिएको थियो । पहिरो पन्छाउने क्रममा केहीबेर अघि छोरी सुकुमायाको पनि शव भेटिएको प्रहरीले जनाएको हो । गएराति घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोमा ११ वर्षकी छोरी सोकिता र सात वर्षका छोरा आशिष बेपत्ता भएका छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएका कमलाका श्रीमान बुद्धि तामाङलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।