अध्यादेशविरुद्ध ६ वटा रिट दर्ता, सबैको सुनुवाइ संवैधानिक इजलासमा हुने

 भदौ ३, २०७८ बिहिबार १५:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजनीतिक दल फुटाउन सहज हुने गरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

संविधानमा भएको प्रावधान र सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको विपरीत हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको भन्दै अदालतमा रिट दर्ता भएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । 

अधिवक्ताहरू सरोज बुढाथोकी, प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेश खारेजीको माग राखेर रिट दर्ता गर्नुभएको हो । दर्ता भएका ६ वटै रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने अदालतका प्रवक्ता दाहालले बताउनुभयाे । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीवार अध्यादेश जारी गरिसक्नुभएको छ । अध्यादेशकै आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जनता समाजवादी पार्टी लोकतान्त्रिक र नेकपा एमाले समाजवादी पार्टी नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । 

अध्यादेशमा दल फुटाउन सहज हुने गरी २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा नयाँ पार्टी दर्ता गर्न सकिने उल्लेख छ ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया