एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य
पुस १, २०८१ सोमबार
काठमाण्डौ – मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढेको छ । त्यसमा पनि क्यूआर अर्थात क्विक रेस्पोन्स कोडमा आधारित भुक्तानी उच्च दरले बढेको छ ।
नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्षको कात्तिकमा अघिल्लो वर्षको कात्तिकको तुलनामा झण्डै तीन गुणाले विद्युतीय भुक्तानीको कारोबार बढेको छ ।
गएको कात्तिकमा मात्रै ९४ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको छ । गएको वर्षको कात्तिक महिनामा ३४ खर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको मात्र यस्तो कारोबार भएको थियो ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको हो ।
विद्युतीय भुक्तानी सेवा, आइपीएस, कनेक्ट आइपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । विद्युतीय भुक्तानी कारोबारसँगै ठगीका घटना पनि बढेकाले सचेत हुन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।
राष्ट्र बैंकका अनुसार विद्युतीय माध्यमबाट रकम पठाउँदा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, पठाउनुपर्ने रकमलगायत सबै विवरण ठिक छ भन्ने यकिन गर्नुपर्छ ।
खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम पाउनेको नाम तथा मोबाइल नम्बर ठीक रहे, नरहेको यकिन गर्नुपर्छ । यस्तै बलियो पासवर्डको प्रयोग गर्नुपर्छ ।
कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि दिन हुँदैन । यस्तै मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्नु पर्छ ।
विद्युतीय कारोबारको गति द्रूत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम पठाइसकेपछि वित्तीय ठगहरूबाट रकम फिर्ता गर्न जटिल हुने भएकाले यस्तो कारोबार गर्दा पहिल्यै नै सुरक्षित र सचेत रहन राष्ट्र बैंकको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।