प्रियंका भुजेल मृत्यु प्रकरण : दुई जना सार्वजनिक

 भदौ ८, २०७८ मंगलबार १६:४:३० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका –१७ रानीगंज घर भएकी १४ वर्षीया  किशोरी  प्रियंका भुजेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १४ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गर्ने स्थानीयवासी १९ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिश दाहाललाई प्रहरीले सार्वजनिक गरेको हो । 

दाहाल र साहले गएकाे साउन ३१ गते राति कालिञ्जोर खोलामा किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । 

साउन ३१ गते राति साढे ११ बजेदेखि घरबाटै हराएकी प्रियंका भुजेलको शव भदौ १ गते राति लालबन्दी ६ कालिञ्जाेर खोलाको बगरमा गाडेर राखेको अवस्थामा फेला परेको थियो । किशोरीका बाबु राजेश भुजेलले साउन ३२ गते छोरीको खोजी गरिदिन इलाका प्रहरी कार्यालय लालबन्दी उजुरी दिनुभएको थियो । 

घटनाबारे उजुरी दिएको दुई दिनपछि प्रहरीले घटना संलग्न भएको आशङ्कामा गाउँका दुई युवालाई पक्राउ गरी बयान लिएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न दुवैसँग प्रहरीले गराएको बयानमा भुजेललाई साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गर्दै आफूहरूले किशोरीलाई लिएर भागेको र घर जान नमानेपछि हत्या गरेको बताएका छन् । 

घरबाट भागेर जङ्गलमा पुगेका युवाले किशोरीलाई घाँटी थिची हत्या गरेकाे स्वीकार गरेका छन् । हत्यापछि उनीहरूले किशोरीको शव खोलाको बगरमा पुरेका थिए । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया