मिल्थ्यो भने ओलीले जबज नै मैले लेखेको हाे भन्नुहुन्थ्यो होला ! : माधव नेपाल

 भदौ ८, २०७८ मंगलबार १३:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको बहुदलीय जनवाद (जबज) को सबैभन्दा विरोधी रहेको आरोप लगाउनुभएको छ ।

चन्द्रागिरिमा पार्टीका नेताहरूको प्रशिक्षण कार्यक्रममा अपिल सार्वजनिक गर्दै अध्यक्ष नेपालले जबजका कुनै पनि सिद्धान्त ओलीले नमानेको र राजा/महाराजाको हुकुमी शैली अपनाएकाले उहाँ जबजको सबैभन्दा विरोधी ठहरिने बताउनुभएको हो ।

केपी शर्मा ओली जबज पनि आफूले नै लेखेको दाबी गर्ने खालका नेता भएको उल्लेख गर्दै नेता नेपालले कम्युनिस्ट आदर्श र सिद्धान्तलाई ओलीले सिद्ध्याएकाे आरोप लगाउनुभयो । केपी शर्मा ओली गणतन्त्र विरोधी भएको र तत्कालीन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्ने तयारीमा रहेको नेता नेपालको जिकिर छ ।

ओलीले अहिले गरिब, निमुखा, सर्वहारा, श्रमजीवीको कुरै सुन्न नचाहने र सामन्त, भ्रष्ट र बिचौलियासँगको मात्रै सङ्गत गरिरहेको नेता नेपालको आरोप छ ।

माधव नेपालको अध्यक्षतामा भोलि बुधवार निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने तालिका रहेको छ । पार्टी दर्ताअघि हिजो साेमवारदेखि पार्टीका नेताहरूको भेला चलिरहेको हो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया