अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता ७ सय ७० नेपाली स्वदेश आइपुगे

 भदौ ८, २०७८ मंगलबार २०:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि आज मङ्गलवारसम्म सात सय ७० जना नेपाली स्वदेश आइपुगेका छन् । आज एक सय १२ जनासहित अहिलेसम्म सात सय ७० जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनका लागि समन्वय भइरहेको र काबुलमा भने नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म नखुलेकोले त्यहाँ जहाज पठाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर  वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया