इजरायलले रफाह शहरका सर्वसाधारणलाई बाहिर निकाल्न थाल्यो

 बैशाख २४, २०८१ सोमबार १५:३४:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको रफाह शहरबाट स्थानीयवासीलाई हटाउन शुरु गरेको छ । १० लाख जनाभन्दा धेरै प्यालेस्टिनीले शरण लिइरहेको शहर रफाहमा आक्रमण गर्नका लागि सर्वसाधारणलाई निकाल्न शुरु गरेको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म चलेको वार्ता असफल भएपछि इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै रफाह शहरमा व्यापक आक्रमण गर्ने तयारी गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी विद्रोही समूह हमासलाई पराजित गर्नका लागि रफाह शहरमा आक्रमण गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

रफाहमा आक्रमण गर्दा हजारौँ सर्वसाधारणको ज्यान जाने भन्दै मानव अधिकारसम्बन्धी सङ्गठनहरूले आक्रमण नगर्न इजरायलसँग अनुरोध गरेका छन् । तर इजरायलले हमासको अन्त्यका लागि रफाहमा आक्रमण बाध्यता रहेको भन्दै सर्वसाधारणमा हुने क्षति रोक्न पहल गर्ने र उनीहरूलाई टेन्ट, खाद्यान्न, पानी, औषधिलगायतका वस्तु उपलब्ध गराउने बताएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया