डाक्टरलाई कालाेमाेसाे दल्नेलाई कारबाही नगरेकाे भन्दै स्वास्थ्यकर्मीहरुकाे धर्ना

 भदौ १२, २०७८ शनिबार १८:४७:१९ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – तुल्सिपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन बित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेकाे भन्दै स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सक लगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउँसो  ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउँसो सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४/५ जना युवाहरुले डा सिंह माथि दूर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डाक्टरमाथि कालोमोसो दलेका थिए ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया