बेपत्ता पारिएका व्यक्तिका परिवारकाे चेतावनी– ‘न्याय नपाए विद्राेह हुनसक्छ’

 भदौ १४, २०७८ सोमबार १९:५७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरूले न्याय नपाए विद्रोह हुनसक्ने सरकारलाई चेतावनी दिएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालले काठमाण्डाैमा आयोजना गरेको बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दुराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्राेह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमा नै न्याय दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताउनुभयो ।

अर्का पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताउनुभयो । उहाँले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा वकालत हुने गरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताउनुभयो ।

पीडित नेपालीले भन्नुभयो, अधिकार मागेर नपाउने भए खोस्नुपर्छ, अधिकार खोसेर लिनुपर्ने अवस्था आएको छ । कोठा, होटलमा कार्यक्रम गरेर काम हुँदैन, आयोगले काम गर्नुपर्‍याे, साथै राजनीतिक रूपमा वकालत गर्न सक्नुपर्‍याे, युद्ध गर्ने र गराउनेले जवाफ दिने गरी काम हुनुपर्छ ।

कार्यक्रममा पीडितहरूले वर्तमान सरकार र नेतृत्वले बेपत्ता परिवार, घाइतेको आवाज नसुनेको आरोप लगाए ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया