काठमाण्डाै उपत्यकामा निषेध आदेशकाे 'माेडालिटी' परिवर्तन

 भदौ १६, २०७८ बुधबार १६:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरूप (माेडालिटी) मा परिवर्तन भएको छ । आज बुधवार काठमाण्डाै उपत्यका (काठमाण्डाै, ललितपुर र भक्तपुर) का तीन जिल्लाका प्रमुखहरूको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरूपमा परिवर्तन गरेको हो । 

बैठकपछि काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भदाै मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार अब काठमाण्डाै उपत्यकामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दामुनिका बालबालिकाहरूले खाेप नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको जिम्मा पालिकालाई दिइएकोले कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरू भौतिक उपस्थितिमा नमनाउन आग्रह गर्नुभएकाे छ । मनाउने भए साङ्केतिक रूपमा मात्र मनाउन पनि आदेश जारी गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार, व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्न नहुने बताउनुभयो । उहाँले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए/नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताउनुभयो । अनावश्यक रूपमा जम्मा भएर भिडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

यस्ताे छ आदेश–

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया