भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

 भदौ १७, २०७८ बिहिबार १२:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया