दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयाे

 भदौ १८, २०७८ शुक्रबार ११:९:० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको  छ । करेन्ट लागेर तुलसीपुर-१० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगीको ज्यान गएको हो । 

आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उहाँकाे घटनास्थलमै ज्यान गएको स्थानीय यमराज केसीले जानकारी दिनुभयो । 

डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया