महोत्तरी : पोखरीमा डुबेर बेपत्ता भएका पुरुषकाे शव फेला

 भदौ १८, २०७८ शुक्रबार १२:३२:३० | धनवीर महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

महोत्तरी – महोत्तरीमा मलामीबाट फर्केर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

महोत्तरी वडा–७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाकाे शव आज बिहान फेला परेकाे महाेत्तरी प्रहरीले जनाएकाे छ । 

बैठा मलामीबाट फर्किएपछि हिजाे बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता हुनुभएकाे थियाे । 

हिजाे बेलुकादेखि नै स्थानीय र प्रहरीले उहाँकाे खोजी गरिरहेका थिए।  

बैठाकाे शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया