बाढी र पहिरोका कारण बन्द सडक अबको एक हप्ताभित्र खुलाइने

 भदौ १९, २०७८ शनिबार ९:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

लामो समयदेखि बन्द रहेका सडकहरु विभिन्न उपकरणको प्रयोग गरेर खुलाउने तयारी भइरहेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।

दुई, तीन महिना अगाडिदेखि बन्द रहेका सडक खुलाउन केही समय लाग्ने भए पनि भदौ पछि बन्द भएका सडक खण्ड भने अबको एक हप्तामै सञ्चालन गरिने उहाँले बताउनुभयो । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरेमा पहिरो गएका कारण बन्द भएको काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड र जुम्लामा गएको पहिरोका कारण बन्द भएको सुर्खेत–दैलेख–महाबुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना लगायतका सडक केही दिनमै खुल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अहिले पहिरो हटाउने काम भइरहेको छ । निरन्तर झरी परिरहेकाले यी सडक खण्ड सञ्चालनमा समस्या भइरहेको थियो । अहिले पानी पर्न कम भएकाले काम थालिएको हो । सम्बन्धित सडक डिभिजनमार्फत बन्द सडक खुलाउने काम भइरहेको छ ।

यी सडक खण्ड बन्द हुँदा र यसको विकल्पमा प्रयोग गर्न सकिने अरु सडक नहुँदा आवतजावत गर्न तथा खाद्यान्न लगायतका सामग्री ढुवानीमा समस्या भइरहेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया