कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गयो

 भदौ १९, २०७८ शनिबार १०:४६:२५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

हिजो बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्राे बस र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको ज्यान गएको हो ।

घाइतेमध्ये केही उपचार पछि घर फर्किएका छन् भने केहीको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया