किसानलाई प्राेत्साहन गर्न दुध बोक्ने बाल्टी वितरण

 भदौ १९, २०७८ शनिबार १३:१५:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – हरिवन नगरपालिका–९ को वडा कार्यालयले तीन सय १५ जना किसानलाई दुध बोक्ने  बाल्टी (क्यान) वितरण गरेको छ । वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष सिताराम पोखरेलले जानकारी दिनुभयो ।

वडाको वार्षिक  योजनाबाट पशुपालनमा संलग्न किसानलाई   क्यान वितरण गरिएकाे हो । आफूहरुले दुध बाेक्ने क्यान पाएपछि किसान खुसी भएका छन् । किसानकाे पहिचान गरि वडा कार्यालयले क्यान दिएकाेमा हरिवन नगरपालिका–९ विष्णुपुरकी किसान लक्ष्मी उप्रेतीले खुसी व्यक्त गर्नुभयाे ।

हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंले उपस्थित पाँच जना किसानलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै क्यान हस्तान्तरण गर्नुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया