रोल्पामा पहिरोले पुरिएर दुई जनाकाे ज्यान गयाे, दुई जना घाइते

 भदौ २१, २०७८ सोमबार ८:३१:६ | माधवकुमार ओली
unn.prixa.net

​रोल्पा - रोल्पाकोे रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

गएराति २ बजे घरमाथिबाट आएको पहिरोले पुरिँदा पूर्णबहादुर थापाकी श्रीमती ७० वर्षीया गौरी थापा र छोरीतर्फका नाति ५ वर्षीय हिमाल रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

पहिरोमा परेर थापाकी छोरी भीमकुमारी रोका र ज्वाइँ मनबहादुर रोका घाइते हुनु भएको छ । उनीहरुलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम लिबाङ ल्याइँदै छ । पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल​​ रहनुभएका प्रहरीले जनाएको छ ।

रुकुम चुनबाङ घर भएका थापाका छोरी ज्वाइँ विवाह भएदेखि माइतीमै बस्दै आएका थिए । पहिरोले थप दुई घरमा क्षति पुर्याएकाे प्रहरीले बताएको छ । यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ  भने सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको नैबाङखोला जलविद्युतको नहर बगाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया