अमेरिकी दूतावासले भन्याे– ‘एमसीसीबारे तथ्यपूर्ण बहसकाे पक्षमा छाैँ’​

 भदौ २१, २०७८ सोमबार २१:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा रहेको अमेरिकी दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको छ । 

सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले कुनै विषयमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा रहेको भन्दै एमसीसी बहसमा पनि यो कुरा लागू हुने बताएको हो । 

दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।’

हिजो आइतवार गृह मन्त्रालयले विभिन्न विषयमा छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने विज्ञप्ति निकालेको भोलि पल्ट दूतावासले यस्तो विज्ञप्ति निकालेको हो ।  

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया