यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेका छन् । मोदीको विरोधलाई लक्षित गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ ।
यस्तै मित्रराष्ट्र र त्यहाँका प्रमुखविरुद्ध हुने गतिविधि नियन्त्रण गरिने र संलग्नलाई कारबाही गर्ने पनि गृह मन्त्रालयले चेतावनी दिएको छ । सरकारले सबै मित्रराष्ट्रसँगको पारस्परिक सम्बन्ध अझै प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्ध गतिविधि हुन नदिन कटिबद्ध रहेको पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh kandel
Sept. 5, 2021, 2:48 p.m.मित्र रास्ट्रले जेगरेपनिहुने …..जो आए पनि नेपालमा त धोतिको दलाल मात्र 💦💦