एमसीसी उपाध्यक्ष नेतृत्वकाे टाेली र एमाले अध्यक्ष ओलीबीच बालकाेटमा भेट

 भदौ २४, २०७८ बिहिबार १५:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वकाे टाेलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकाे छ । टाेलीले बालकाेट पुगेर केपी ओलीसँग भेट गरेकाे हाे । 

ओलीसँगको भेटपछि टोली याक एन्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । 

यस्तै टोलीले भोलि शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । 

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपालको चार दिने भ्रमणका लागि आज बिहीवार बिहान काठमाण्डौ आइपुगेको हो ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया