म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले दुई गोल गरे

 भदौ २६, २०७८ शनिबार २१:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४-१ ले हरायो ।  

युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८० र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे  ।

न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्वना गोल गरे ।

यो जितसँगै युनाइटेड चार खेलमा १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ भने न्युक्यासल समान खेलमा एक अङ्कसहित १९ औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया