वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

 भदौ २७, २०७८ आइतबार १४:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आज आइतवार विज्ञप्ति निकालेर धेरैजसो मागहरू सम्बोधन भइसकेको र केही विषयमा अध्ययन भइरहेको भन्दै आन्दोलन फिर्ता लिन पनि आग्रह गर्नुभएको हो ।

प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक भइसक्दा पनि दोषी देखिएका पदाधिकारीहरूमाथि कारबाही नभएको भन्दै सङ्घर्ष समितिले इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द गरेको छ ।  

आन्दोलनरत पक्षले उठाएका विषयमा भएका काम तथा पहलबारे मन्त्रालयले निकालेको विज्ञप्तिमा स्पष्ट पार्ने प्रयास गरिएको छ । जसमा पदाधिकारीमाथिको कारबाही अगाडि बढाउने, छानबिन प्रतिवेदन छिट्टै सार्वजनिक गर्नेजस्ता विषय समेटिएको छ ।  

मन्त्रालयले निकालेको विज्ञप्तिमा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कानुनी प्रक्रिया सुरु भएको उल्लेख छ । गिरीले आफ्नो नामको अगाडि प्रा. डा. लेख्दै आएका थिए प्रतिष्ठान शुद्धीकरण अभियान चलाउँदै आएकाहरूले गिरीले कीर्ते प्रमाण बनाइ काम गर्दै आएको दाबी गर्दै पदमुक्त गर्न माग गर्दै आएका छन् ।   

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया