रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री

 भदौ ३०, २०७८ बुधबार १४:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको हलेसी तुवाचुब नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

कोराेनाको महामारीका बीचमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागिता जनाएका हलेसी तुवाचुब नगरपालिका–१० अखौर्लेकाे सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गर्नुभएको हो ।

उपमेयर राईले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर मंगलबार विद्यालयमा पुगेर छात्र मगरलाई हस्तान्तरण गर्नुभएको हो । 

सम्बन्धित समाचार

 

 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया