ठूलाे वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गयो

 असोज १, २०७८ शुक्रबार ७:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ठूलाे वर्षाका कारण भारतकाे उत्तर प्रदेशकाे जनजीवन प्रभावित भएकाे छ ।

केहीदिनदेखि परेकाे ठूलाे वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलाे वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ । 

लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हाे।

कतिपय जिल्लामा हिजो एकैदिन एक  सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया