काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ

 असोज २, २०७८ शनिबार १२:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् ।

पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली/खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया