एमसीसीका कारण गठबन्धनमा फाटाे आउँदैन : प्रचण्ड

 असोज २, २०७८ शनिबार १८:८:५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्ता गठबन्धनको कुनै फाटो नआउने बताउनुभएको छ ।

आज शनिवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूहरूका लागि एमसीसी भन्दा प्यारो गठबन्धन रहेको तर्क राख्नुभयो । अध्यक्ष प्रचण्डले संशोधन गरेपछि मात्र एमसीसी पारित हुनुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रसङ्गमा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँदै असोज ४/५ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभयो ।

उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र, र देशका यो गठबन्धन आवश्यक रहेको बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Ram

    Sept. 19, 2021, 11:42 a.m.

    श्रीमतीलाई पदक दिनको लागि भनेर गठबन्धन नटुटने हो र ??

  •  0 Reply

तपाईको प्रतिक्रिया