विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, बिहीवारदेखि छलफल सुरु हुने

 असोज ५, २०७८ मंगलबार १४:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो । त्यसपछि सभामा निर्णयार्थ पेस गरिएको प्रस्ताव बहुमतले पारित भएको हो ।

अब विधेयकमाथि पर्सि बिहीवार ७ गतेदेखि छलफल हुनेछ । विनियोजन विधेयक हिजो साेमवार प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाबाट पनि एमालेको नाराबाजी र होहल्लाकै बीचमा विनियोजन विधेयक पारित भएको थियो । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

ओली सरकारले कार्यकर्तालाई बाँड्ने हिसाबले राखेका कार्यक्रम र अन्य विकृति हटाएर नयाँ र जनमुखी बजेट ल्याइएको अर्थ मन्त्री शर्माको दाबी छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया