ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

 असोज ७, २०७८ बिहिबार १६:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै याे जानकारी दिएकाे हाे । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ । 

‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यस संस्करणकाे ईपीएल नखेल्ने निर्णय गरेका छन्, याे निकै निराशाजनक हाे’, विज्ञप्तिमा भनिएकाे छ । 

यसअघि राष्ट्रिय टाेलीका पूर्वकप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । साथै पाली टाेलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मीले पनि ईपीएल खेल्ने छैनन् ।

त्रिवि मैदानमा यही असोज ९ देखि २३ गतेसम्म हुने प्रतियाेगिताकाे विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया