काठमाण्डाै आइपुगे शाहिद अफ्रिदी

 असोज ७, २०७८ बिहीबार १६:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन् । 

यही शनिवारदेखि सुरु हुने प्रतियाेगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयाेजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे । 

अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् । 

४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् । यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।

चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।   

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया