ईपीएल : ओसिलो मैदानका कारण काठमाण्डौ र पोखराको खेल प्रभावित

 असोज १२, २०७८ मंगलबार १२:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोजको खेल प्रभावित हुने भएको छ ।

ओसिलो मैदानमा कारण टस हुन सकेको छैन । खेल त्रिवि मैदान कीर्तिपुरमा अहिले सवा १२ बजे सुरु हुने भनिए पनि मैदान भिजेकाले ढिलाइ हुने सम्भावना छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया