पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

 असोज १२, २०७८ मंगलबार १५:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली समर्थक माझ शाहिद अफ्रिदी

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् । 

‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् । 

साथै अफ्रिदीले नेपाल र पाकिस्तानबीच खेलकाे याेजना बनाएकाे पनि ट्विटरबाटै जानकारी गराएका छन् ।  

अफ्रिदी काठमाण्डाै किङ्ग्स इलेभेनबाट चाैथाै संस्करणकाे ईपीएलकाे दुई खेल खेल्न गएकाे बिहीवार नेपाल आएका थिए । उनले दुई खेल खेल्ने कार्यक्रम रहे पनि एक खेलमात्र खेलेर फर्किएका हुन् । गएकाे शनिवार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध खेलेका थिए । त्यस खेलमा ४ ओभरमा ३२ रन दिएका अफ्रिदीले विकेट हात पारेनन् । काठमाण्डाैले ललितपुरलाई सात विकेटले हराएकाे खेलमा उनले ब्याटिङ गर्नुपरेको थिएन । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया