एपीएफ र न्यु डायमन्डकाे विजयी सुरुवात

 असोज १२, २०७८ मंगलबार १८:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभागीय टोली एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले काठमाण्डाैमा भइरहेकाे छैटाैँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा जित निकालेका छन् ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि तीन–शून्यको सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई पनि तीन–शून्यको सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्ड सामु निकै कमजाेर देखिएकाे एभरेस्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यु डायमन्डले यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत आजकै अर्को खेलमा विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो । यससँगै एपीएफले पनि यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा भोलि बिहीवार महिलातर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेस्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया