काभ्रेको रोशीमा झन्डै तीन महिनापछि बाढी पहिरो प्रभावितका लाग...
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।
यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यकाे पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ । यस्तै, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचान र विशेषता रहेको बताउनुभएको छ । सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उहाँहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।