ईपीएल क्रिकेट : मैदान भिजेकाले ललितपुर र पोखराको खेल ७ ओभरमा घटाइयो

 असोज १३, २०७८ बुधबार १२:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ ।  त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो ।

ढिलो गरी सुरु भएकाले ७–७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया