काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पाेखरा राइनाेजले ललितपुर प्याट्रियट्सलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवारकाे पहिलाे खेलमा ललितपुरले दिएकाे ५२ रनकाे लक्ष्य पाेखराले ६ ओभर ३ बलमा मात्र एक विकेट गुमाएर लक्ष्य भेटाएकाे हाे ।
मैदान ओसिलाे भएका कारण याे खेल सात ओभरमा झारिएकाे थियाे । पाेखराकाे जितमा रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायाे । ललितपुरका लागि सान्दुन विराक्काेदीले १९ रन बनाए । बलिङतर्फ पाेखराका नन्दन यादवले तीन, विक्रम साेबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।
प्रतियाेगिता अन्तर्गत आजैकाे अर्काे खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।