च्याम्पियन्स लिग : कीर्तिमानी खेलमा रोनाल्डोको निर्णायक गोल

 असोज १४, २०७८ बिहीबार ७:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले भिलारियललाई २–१ गोल अन्तरले  पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

यस अघि म्यानचेस्टरका लागि एलेक्स टेलेक्सले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो ।

भिल्लारियलसँगको रोनाल्डोको १ सय ७८ औं खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका छन् । रियल मड्रिडका पूर्व गोलकिपर इकरले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन् ।

यस्तै, गएराति भएकै खेलमा बार्यन म्युनिखले सानदार जित निकालेको छ । बार्यन म्युनिखले डाइनामो किभलाई ५–० गोल अन्तरले पराजित गर्यो  । यस्तै, जेनिट सेन्ट पिटरबर्गले माल्मो एफएफलाई ४–० गोल अन्तरले पराजित गर्दा बेनफिकाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको छ ।

यस्तै, आरबी लाइवजिकले लिलिलाई २–१ गोल अन्तरले हराउँदा चेल्सी युभेन्टससँग १‍-० ले पराजित भएको छ । एटलान्टाले योंग ब्वाइजलाई १–० गोलले अन्तरले हराएको छ । वुल्स्बर्ग र सेभिल्लाले भने १–१ गोल गर्दै बराबरी खेलेका छन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया