ईपीएल क्रिकेट : कीर्तिमानी लक्ष्य पछ्याएकाे विराटनगर ललितपुरसँग पराजित

 असोज १५, २०७८ शुक्रबार १३:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो ।

ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन बनायो । विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए ।

ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २६ रन बनायो । यो ईपीएलमा अहिलेसम्मकै ठूलो योगफल हो । ललितपुरका लागि सन्दुन वीराकोदीले ७३ र अजमतुल्लाह ओमरजाईले अविजित ५८ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रनको योगदान गरे ।

विराटनगरका करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिस जीसी र दिलशन मुनवीराले समान एक–एक विकेट लिए ।

यो जितसँगै ललितपुर तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने विराटनगर वारियर्स अझै जितविहीन छ । आजकै अर्काे खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।  

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया