साफ च्याम्पियनशिप सुरु, बङ्गलादेशकाे विजयी सुरुवात

 असोज १५, २०७८ शुक्रबार १९:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण आज शुक्रवारदेखि माल्दिभ्समा सुरु भएको छ ।

बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । यी दुई टाेलीबीचकाे पहिलाे हाफ बराबरीमा सकिएकाे सकिएकाे थियाे । खेलकाे दाेस्राे हाफ सुरु भएकाे नवाैँ मिनेटमा बङ्गलादेशले गाेल गर्‍याे । बङ्गलादेशका लागि ताेपु बर्मनले पेनाल्टीमार्फत गाेल गरे ।  

आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्दैछन् ।  नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पाैने १० बजे सुरु हुनेछ ।

साफमा नेपालसहित आयोजक माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन् । लिगमा पाँचै टोलीले एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले असोज ३० गते उपाधिका लागि खेल्नेछन् । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया