ईपीएल क्रिकेटमा काठमाण्डौ र भैरहवाबीचको खेल स्थगित

 असोज १६, २०७८ शनिबार १३:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ । आज बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो ।

कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन सकेन । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ । भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको थियो भने ललितपुरसँगको खेलमा बराबरी भएपछि अङ्क बाँडिएको थियो ।

त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल स्थगित भएको थियो । काठमाण्डौ दुई खेलमा एकमा जित र एकमा हारसहित दुई अङ्कका साथ पाँचौं स्थानमा छ । काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको थियो ।

तर दोस्रो खेलमा चितवन टाइगर्ससँग तीन विकेटले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो साढे १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया