एनभीए भलिबल : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

 असोज १६, २०७८ शनिबार १५:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्ट्स क्लबले  जितेको छ । 

राखेपको कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेर न्यु डायमण्ड क्लबले उपाधि जितेको हो । पहिलो सेट २६–२४ ले गुमाएको न्यु डायमण्डले त्यसपछि लगातार तीन वटा सेट जित्दै च्याम्पियन बनेको हो । विजेता बनेको न्यु डायमण्डले ४ लाख र उपविजेता बनेको एपीएफले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब तेस्रो  भएको छ ।  पुरुषतर्फको फाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच खेल भइरहेको छ । पुरुषतर्फ एपीएफलाई हराएर नेपाल पुलिस क्लब तेस्रो भएको छ ।  प्रतियोगितामा महिलातर्फ ६ र  पुरुषतर्फ १४ टोली टोलीको सहभागिता थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया