ईपीएल क्रिकेट : विराटनगरले खाता खोल्यो, काठमाण्डौ पराजित

 असोज १७, २०७८ आइतबार १४:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले काठमाण्डौ किङ्स इलाभेनलाई सात रनले हराएको छ ।

त्रिविकाे ओसिलो मैदानका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले एक सय चार रन बनाएको थियो । विराटनगरका लागि अनिल साहले १६ बलमा पाँच छक्कासहित ४५ र रायन पठानले ११ बलमा ३० रन बनाए । काठमाण्डाैका गुलशन झा, रायन बर्ल र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । 

एक सय पाँच रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित आठ ओभरमा तीन विकेट गुमाएर ९७ रनमात्रै बनायो । काठमाण्डाैका लागि सुवास खकुरेलले १० बलमा २६, रहमानउल्लाह गुर्वाजले २८ र राजु रिजालले २४ रन बनाए । विराटनगरका रायन पठानले दुई र प्रतिस जीसीले समान एक–एक विकेट लिए ।

जितसँगै विराटनगरले पाँच खेलमा पहिलाे जित निकाल्दै दुई अङ्क बटुलेको छ । तीन खेल खेलेकाे काठमाण्डौको पनि दुई अङ्क नै रहेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया