६२ लाख तिर्न नसकेर युएईको जेलमा खड्कबहादुर, सहयोगका लागि परिवारको अपिल

 भदौ १८, २०७५ सोमबार १६:२५:३८ | उज्यालो सहकर्मी

काठमाडौं – युएईमा जेल परेका तेह्रथुमका खड्कबहादुर जोगीलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेका छन् ।  

२०७० सालमा युएई गएका खड्कबहादुर फिलिपिनो नागरिकको हत्याको आरोपमा ४ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । परिवारका अनुसार २०१४ मे ६ मा खड्कबहादुरसँगै काम गर्ने  फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि खड्कबहादुरले कम्पनीमा खबर गर्नुभयो ।

कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्‍याउदा साथीको मृत्यु भएको थियो । फिलिपिनो साथीको मृत्यु भएकै दिन प्रहरीले खड्कबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेका खड्कबहादुरलाई अदालतले साथीको हत्या गरेको अरोप लगाएको परिवारले बताएका छन् ।

अदालतमा आफूले हत्या नगरेको बताएपनि हत्याको आरोप लगाएको परिवारसँग खड्कबहादुरले बताउनुभएको छ । खड्कबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला गरेको छ ।  उहाँ अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा हुनुहुन्छ । 

दूतावासले जेल भ्रमण गर्दा खड्कबहादुरलाई भेटेको र उहाँ सन् २०१९ को मार्च २३ सम्म जेलबस्न पर्ने नेपाली दूतावास युएईले जनाएको छ । मृतकका परिवारले दुई लाख दिर्हाम ब्लडमनी मागेकाले रकम नबुझाएसम्म जेलबाट छुट्ने सम्भावना छैन । 

तर दुई लाख दिर्हाम अर्थात ६२ लाख रुपैयाँ तिर्न सक्ने अवस्था नभएको भन्दै श्रीमती डम्बरकुमारी जोगीले श्रीमानलाई स्वदेश फर्काउन सहयोग गर्न अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया