इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

 असोज १८, २०७८ सोमबार ६:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रेन्टफाेर्डले वेष्टह्यामलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया