साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

 असोज १८, २०७८ सोमबार ८:५४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ ।

खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।  नेपाली टिम श्रीलङ्कासँगको आजको खेलमा पनि जित निकाल्ने लक्ष्यमा छ ।  तर, बलियो टिम श्रीलङ्काविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अङ्क जोडेर शीर्ष स्थानमा छ  । 
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया