बालाजु क्षेत्रमा विद्युत आपूर्ति  नियमित गर्न कुलमान आफै तात्तिए

 भदौ १८, २०७५ सोमबार १६:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सब–स्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । 

सब–स्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो । 

यसबाट बालाजु र महाराजगंजको बीचमा विद्युत आपूर्तिमा गडबडी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिनुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिनुभएको थियो । 

‘आगलागी भएको बुसिङ फेरि तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ’, प्रवक्ता अधिकारीले  भन्नुभयो, ‘मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।’ 

बालाजु सब–स्टेसनमा पिक समयमा करिव ३१ मेगावाट विद्युत माग छ । साधारण समयमा सब–स्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दे त्यस क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिनुभयो । ‘एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिब १५ मेगावाट विद्युत आपूर्ति गर्न सकिंदैन’,उहाँले भन्नुभयो, ‘यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा केही गडबडी भएको छ ।’

धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज-१, महाराजगञ्ज-२, टेकु-१, बीआई डी-१, बीआई डी-२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् । 


 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया